Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपति कार्यालयले चोलेन्द्रलाई दिएन प्रधानन्यायाधीशको हैसियत

राष्ट्रपति कार्यालयले चोलेन्द्रलाई दिएन प्रधानन्यायाधीशको हैसियत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७९ सोमवार • १४:२९:५६ बजे
  • 235
    SHARES
  • राष्ट्रपति कार्यालयले चोलेन्द्रलाई दिएन प्रधानन्यायाधीशको हैसियत

    राष्ट्रपति कार्यालयले पनि निलम्बित चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशको हैसियत दिएन ।

    images

    संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा चोलेन्द्रलाई निम्तो नदिइएको हो । कार्यक्रममा राष्ट्रपति कार्यालयले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई औपचारिक पत्र पठाएर निम्तो गरिएको खुलेको छ ।

    चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको दाबी गर्दै आफूमाथि लागेको महाअभियोग स्वत निस्क्रिय भइसकेको बताउदै आएका छन् । उनी अहिले पनि बालुवाटारस्थित सरकारी निवासमै छन् ।

    राणा हाल निलम्बनकै अवस्थामा रहेकाले उनलाई खबर नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    आइतबार जबरा नियमित कामका लागि सर्वोच्च जाने तयारी गरिरहेका थिए । तर सरकारले उनलाई सरकारी निवास बालुवाटारमै रोकेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology