Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किर्गिस्तान र ताजिकिस्तान झडप, ९४ जनाको मृत्यु

किर्गिस्तान र ताजिकिस्तान झडप, ९४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७९ सोमवार • १४:५८:०५ बजे
  • 361
    SHARES
  • किर्गिस्तान र ताजिकिस्तान झडप, ९४ जनाको मृत्यु

    एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा भएको झडपमा ९४ जनाको मृत्यु भएको छ ।

    images

    उक्त सीमाक्षेत्रमा पछिल्लो केही वर्षयताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी झडप भएको हो ।

    सो क्षेत्रमा गत बुधबार झडप सुरु भएको थियो । शुक्रबार दुवै पक्षबीच युद्धविराम भएको थियो । पूर्व सोभियत यी दुई मुलुकबीच बेलाबेलामा झडप हुँदै आएको छ ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दुवै पक्षलाई शान्तिपूर्णरुपमा यो मामिला सुल्झाउन आग्रह गरेका छन् । ताजिकिस्तान र किर्गिस्तानबीच हजार किलोमिटर लामो सीमा जोडिएको छ ।

    जसमध्ये एक तिहाइ सीमामा विवाद छ । यसअघि सन् २०२१ मा पनि यी दुई मुलुकको सीमामा भएको झडपमा ५० जनाको मृत्यु भएको थियो । ताजिकिस्तानले भने आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका दाबी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology