Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कंगनाले सोनममाथि निशाना साँध्दै गरिन ट्वीट

कंगनाले सोनममाथि निशाना साँध्दै गरिन ट्वीट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • १८:२९:४० बजे
  • 1.8K
    SHARES
  • कंगनाले सोनममाथि निशाना साँध्दै गरिन ट्वीट

    फिल्म अभिनेत्री सोनम कपुरले कंगना रनौतको अफिसमा डोजर चलाएपछि सान्त्वना देखाउँदै कंगनाको पक्षमा ट्वीट गरेर दुःख जताइन् । यसमाथि कंगनाले सोनममाथि कटाक्ष गर्दै उनले आफ्नो संघर्षको तुलना ‘ड्रगी’ रिया चक्रवर्तीसँग गरेको आरोप लगाइन् ।

    कंगना रनोटको अफिसलाई बीएमसी अधिकारीले बुधबार तोडफोड गरे । बान्द्राको पाली हिलस्थित उनको कार्यालयको अवैध निर्माणलाई हटाउनका लागि कारवाही गरिएको बताइयो ।

    images
     

    बीएमसीको यो कदमले थुप्रै बलिउड सेलिब्रिटी कंगनाको समर्थनमा आए । सोनम कपुरले पनि कंगनालाई आफ्नो समर्थन दिइन् । तर कंगनालाई उनको सहानूभूती रत्ति भर पनि मन नपरेको जस्तो देखिन्छ । सोनमलाई जवाफ दिँदै रिया चक्रवर्तीसँग आफ्नो तुलना नगर्न भनेकी छिन् । सुशान्त सिंह राजपूतसँग जोडिएको ड्रग–एंगलको अनुसन्धनमा एनसीबीले रियालाई पक्राउ गरेपछि रिया १४ दिनको न्यायिक हिरासतमा छिन् ।

    सोनम कपुरले महात्मा गान्धीको भनाईलाई दिया मिर्जाको ट्वीटसहित रिट्वीट गर्दै लेखिन्, ‘आँखाका लागि आँखै भन्ने हो भने यसले पूरा संसारलाई नै अन्धो बनाइदिन्छ ।’

    तर कंगनाले सोनममाथि निशाना साँध्दै ट्वीट गरिन्, ‘अचानक माफियाका प्रतिकहरुले मेरो घरमा भएको त्रासदिको माध्यमले रियाका लागि न्याय माग्न सुरु गरेका छन्, मेरो लडाईं मानिसहरुका लागि हो र उनीहरुले मेरो संघर्षको तुलना कमजोर र टुटेकी एक मामुली ड्रगीसँग गर्न तत्काल बन्द गरियोस् ।’

    कंगनाको समर्थनमा ट्वीट गर्दै दिया मिर्जाले ट्वीट गरेकी थिइन्, ‘कंगनाको कार्यालयको विध्वंसको निन्दा गर्छु । रियाविरुद्ध उत्पीडन र दुर्व्यवहारको निन्दा गर्छु । यो पक्ष लिनेबारे होइन । यो अन्यायपूर्ण हो । याद राख्नुहोस् कि यो तपाईंमाथि पनि हुनसक्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology