Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा पन्त

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा पन्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७९ मंगलवार • १९:५८:५६ बजे
  • 475
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा पन्त

    अमेरिका/नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिका स्थित न्युयोर्कमा सम्पन्न भएको छ।

    images

    अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुम मार्फत सम्बोधन गरेका थिए। अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो।
     
    कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रिय संयोजकहरुमा क्रमश दक्षिण पश्चिम उद्धव खनाल ,डिसी मेट्रो टकं कुवँर, मध्य पश्चिम सरस्वती मुखिया, उत्तर पूर्व सोमेन्द्र रन्जित रहेका छन्।त्यसैगरी अधिवेशनले महासचिव युवराज खनाल, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष शुसिला पौडेललाई सर्वसम्मत चयन भएका छन्।

    33.jpg

    त्यसैगरी सदस्यहरुमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्रकाश श्रेष्ठ ,तेज पौडेल ,शिव भक्त थापा, टेक  कार्की ,देवकी पन्त, राम लामा, समीर पाण्डे ,रोशन देवकोटा ,राजेश थापा, भरत  उप्रेती ,गौचन बुढामगर, सुनिल नेपाली, नरेन गुरुङ र जुनु घले रहेका छन्।

    प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि अमृत राई, न्युयोर्क सिटीका मेयरका सल्लाहकार गल्ब्रेट, प्रवास कमिटीका सह संयोजक भीम कार्की लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए।अमेरिकाका सबै राज्यबाट प्रतिनिधित्व भएको अधिवेशनको अध्यक्षता टेक गुरुङले गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology