Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अनेरास्ववियु क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुत्ला दहन

अनेरास्ववियु क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुत्ला दहन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७९ बुधवार • १७:४७:०२ बजे
  • 256
    SHARES
  • अनेरास्ववियु क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुत्ला दहन

    अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक हस्ताक्षर नगरेको भन्दै विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अनेरास्ववियु क्रान्तिकारीले पुत्ला दहन गरेको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेका हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology