Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो : शंकर पोखरेल

गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो : शंकर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७९ बिहिवार • १५:०६:४१ बजे
  • 781
    SHARES
  • गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो : शंकर पोखरेल

    एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

    images

    काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

    गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

    ‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन ।

    आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

    विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology