Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुटिनद्वारा देशभित्रै सेना परिचालन, सीमामा देश छाड्नेहरुको लर्को

पुटिनद्वारा देशभित्रै सेना परिचालन, सीमामा देश छाड्नेहरुको लर्को

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १२:३८:४४ बजे
  • 433
    SHARES
  • पुटिनद्वारा देशभित्रै सेना परिचालन, सीमामा देश छाड्नेहरुको लर्को

    रुसमा सेना परिचालन गरिएपछि देश छाड्नेहरुको संख्या बढिरहेको समाचारहरुमा बताइएको छ ।

    images

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् । अन्तराएष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने जनाएका छन् ।

    राष्ट्रपति पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेसँगै तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्नुपरेको पुटिनको भनाइ छ ।

    बुधबार एक सम्बोधनमा राष्ट्रपति पुटिनले सो कुरा जनाएको बीबीसीले जनाएको छ । समाचारहरुमा जनाइएअनुसार सेना परिचालनसँगै युक्रेनमा रुसले आक्रमण गरेको विरोध गर्ने रुसी नागरिकहरु निशानामा परेपछि धेरैले देश छाडिरहेका छन् ।

    फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ भने सीमा पार गर्न खोज्नेहरुको पाँच किलोमिटरसम्म लामो लाइन देखिएको बीबीसीले उल्लेख गरेको छ ।

    कतिपय सेना परिचालनको विरोधमा प्रदर्शनमा पनि उत्रिएका छन् । सरकारले बुधबार इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेहरुलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो । उक्त चेतावनीसँगै रुसबाट पलायनहरुको संख्या पनि बढेको हो ।

    युक्रेनमा रुसले आक्रमणको गरेको विरोध गर्ने धेरैजसो सामाजिक कार्यकर्ताहरु मस्को र सेन्टपिटर्सबर्गबाट पक्राउ परेका छन् । यसैगरी साइबेरियाई शहर इरकुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology