Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘प्रेमगीत-३’ एकसाथ १२ सयभन्दा बढी पर्दामा रिलिज

‘प्रेमगीत-३’ एकसाथ १२ सयभन्दा बढी पर्दामा रिलिज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १४:२४:५९ बजे
  • 685
    SHARES
  • ‘प्रेमगीत-३’ एकसाथ १२ सयभन्दा बढी पर्दामा रिलिज

    नेपाली फिल्म ‘प्रेमगीत–३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज भएको छ ।

    images

    नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा प्रदर्शनमा आएको यो फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज भएको निर्माणपक्षले जनाएको छ । नेपालमा भने यो फिल्मको हिन्दी भर्सन सोमबार मात्र रिलिज हुने बताइएको छ ।

    नेपाली फिल्मलाई हिन्दीमा डब गरेर संसारभर एकसाथ रिलिज गरिएको यो पहिलो पटक हो । फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शनमा आएको हो ।

    फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्माता तथा निर्देशक सन्तोष सेनको भनाइ छ ।

    स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology