Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकथरि मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड

एकथरि मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १४:३९:११ बजे
  • 793
    SHARES
  • एकथरि मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि परिवर्नत पक्षधर र विरोधीबीच पेचिलो संघर्ष चलिरहेको बताएका छन् ।

    images

    शुक्रबार पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नु त्यसैको उदाहरण भएको बताए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेको उनले भने, ‘गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौँ । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ ।

    यो सामान्य होइन ।’ उनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र भइरहेको बताउँदै भने, ‘यसलाई रोक्न अरु कसैले सक्दैन ।

    अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’ अध्यक्ष प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताए ।

    ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन्’ उनले भने, ‘जसले परिवर्तनको नेतृत्व ग¥यो, त्यसैमाथि किन प्रहार भइरहेको छ ?

    काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ ।’ ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology