Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आप्रवासी चढेको डुंगा डुब्दा सिरियामा ३४ जनाको मृत्यु

आप्रवासी चढेको डुंगा डुब्दा सिरियामा ३४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १४:४१:०३ बजे
  • 481
    SHARES
  • आप्रवासी चढेको डुंगा डुब्दा सिरियामा ३४ जनाको मृत्यु

    एजेन्सी । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुंगा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

    images

    लेबनानबाट आएको सो डुंगा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    डुबेको डुंगाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

    सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुंगा साइप्रसका लागि हिँडेको बताएको छ ।

    डुंगामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुंगा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरुले जनाएका छन् ।

    सो डुंगामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरु पनि रहेका बताइएको छ । त्यस डुंगामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ ।

    खोजीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology