Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तान पुगेकी जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

पाकिस्तान पुगेकी जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १०:११:५६ बजे
  • 430
    SHARES
  • पाकिस्तान पुगेकी जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

    हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढी ग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।

    images

    पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

    बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन् ।

    ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका बासिन्दासँग जोलीले भनिन् । जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरुलाई भेट्न पाकिस्तान गएकी थिइन् ।

    जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology