Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १०:१३:२५ बजे
  • 403
    SHARES
  • काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

    यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ।

    images

    दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।

    घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्।

    पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए।

    यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology