Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७९ मंगलवार • १२:५१:०६ बजे
  • 208
    SHARES
  • रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोली (बुधबार) राप्रपामा प्रवेश गर्ने भएका छन् ।

    images

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    घोषणा सभा बुधबार मध्याह्न साढे १२ बजे राष्ट्रिय सभागृहमा हुने उनले जानकारी दिए । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ।

    वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology