Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दशैंको बाहानामा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिदैन : बालेन्द्र शाह

दशैंको बाहानामा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिदैन : बालेन्द्र शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७९ बिहिवार • १४:२४:०८ बजे
  • 325
    SHARES
  • दशैंको बाहानामा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिदैन : बालेन्द्र शाह

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएका छन् । दशैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला आज उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

    images

    ‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ ।

    यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं,’ बालेनले भनेका छन् । फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन् ।

    ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो ।

    यो कायम छ,’ उनले भनेका छन् । सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले विज्ञप्ति मार्फत दिएका छन् । आर्थिक बर्ष २०७९र८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ ।

    फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको उनले विज्ञप्तिमा स्मरण गरेका छन् । यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन् ।

    ‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो ।

    उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो,’ फुटपाथ व्यापारीलाई हटाउनु परेको कारण काठमाडौं महानागरका प्रमुख बालेनले खुलाएका छन् ।

    विज्ञप्तिमा उनले सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा दोहो¥याएका छन् ।

  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology