Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याउजस्तै मुख्य ब्रान्ड बनेको मुस्ताङको आलु

स्याउजस्तै मुख्य ब्रान्ड बनेको मुस्ताङको आलु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • ०८:३८:५१ बजे
  • 2.5K
    SHARES
  • स्याउजस्तै मुख्य ब्रान्ड बनेको मुस्ताङको आलु

     मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन् । उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन् ।

    images
     

    गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए । आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए । व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ । आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन् ।

    जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ । २० पाथीको एक मुरी हुन्छ । थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए । आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए । कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ ।

    मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो । अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन । मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ । तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ । ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ ।
    उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology