Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वमाओवादी समूहको चेतावनीपछि बन्दसूची हेरफेर गर्न बाध्य भयो एमाले

पूर्वमाओवादी समूहको चेतावनीपछि बन्दसूची हेरफेर गर्न बाध्य भयो एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७९ शुक्रवार • ०९:५०:१३ बजे
  • 619
    SHARES
  • पूर्वमाओवादी समूहको चेतावनीपछि बन्दसूची हेरफेर गर्न बाध्य भयो एमाले

    दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव समूह र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूची सच्याउ एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।

    images

    समानुपातिकको सूचीमा अध्यक्ष ओलीले आफ्नो समूहका नेताको मात्र नाम समावेश गरेको भन्दै दश बुँदे र पूर्व माओवादी नेताले सार्वजनिक रूपमै अध्यक्ष ओलीको विरोध गरेका थिए ।

    पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई समानुपातिक तर्फको बन्दसूचीकै कारण पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति बन्न लागेको भन्दै सचेत गराएका थिए । त्यसपछि ओली यस विषयमा गम्भीर बनेका हुन् ।

    पूर्व माओवादी समूहबाट रामबहादुर थापा ‘बादल’ लगायत केही नेतालाई समेटेर एमालेले अन्तिम बन्दसूची तयार पार्ने बुझिएको छ ।

    समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो ।

    बैठकले बन्दसूची सच्याउने निर्णय गरेको छ । तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ ।

    असोज ३ गते निर्वाचन आयोगलाई मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाएको एमालेले करेक्सन सहितको बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

  • सम्बन्धित विषय:

  • # पूर्वमाओवादी समूह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology