Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति

समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७९ शुक्रवार • १०:०७:४८ बजे
  • 265
    SHARES
  • समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति

    नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो ।

    images

    शेखर कोइराला र गगन थापाको समूहले छुट्टै भेला–सभा गर्नुका साथै निर्वाचनमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्न तयार भएका हुन्  ।

    पार्टीको सानो कार्यदल बनाएरै समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन ।

    उनले भने, ‘केन्द्रको करिब करिब टुंगिएको छ । भोलिसम्म प्रदेशको टुंगिन्छ ।’ एकपक्षीय र प्राथमिकताबाहिरका नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको शेखर–गगन समूहको गुनासो छ । उनीहरूले पार्टी महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेदवारमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएका छन् ।

    उनीहरूको असन्तुष्टिलाई सत्ता गठबन्धनका अन्य दलले पनि चासो दिइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट मिलाउन बालुवाटारमा निरन्तर बसिरहेको सत्ता गठबन्धन बैठकमा उनीहरूले चुनावी परिणाममा असर पर्न सक्ने भन्दै बारम्बार चासो प्रकट गरेपछि देउवा आन्तरिक विवाद मिलाउन थप दबाबमा परेका हुन् ।

    निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएको थियो । आफूहरूले सम्मानजनक संख्यामा सिट नपाए गठबनन्धविरुद्ध नै अभियान चलाउने उनीहरूको धम्की थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology