कुबेत - नेपाल कुवेत सरोकार समाजको चौथो सांगीतिक धमाका सम्पन्न भएको छ । चर्चित लोकप्रिय गायक प्रमोद खरेल र गायिका मेचु धिमालको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।
नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा साँस्कृतिक कार्यक्रम सेप्टेम्बर ३० तारिख शुक्रबारको दिन कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको सभा हलमा सम्पन्न भएको हो ।
नेपाल कुवेत सरोकार समाजको चौथो सांगीतिक धमाका कार्यक्रमा प्रेम तामाङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रनध्वज लामा, बीईसी एक्स्चेन्जका प्रतिनिधि डम्मर गुरुङ , जजीरा एयरलाईन्सका प्रतिनिधि, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, जनजाति महासंघका अध्यक्ष अमृत तामाङ लगाएत रहेका थिए भने कुबेतमा कृयाशिल नेपाली संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथि रहेका थिए।
कार्यक्रममा संयुक्त रुपमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको थियो । प्रमुख अतिथि दुर्गा प्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा , बीईसी एक्स्चेन्ज प्रतिनिधि, जजीरा एयरलाइन्स प्रतिनिधि, जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्लले नेपाल कुबेत सरोकार समाजले गरेका सामाजिक कार्यहरुको प्रसंशा गर्दै बडा दशै तथा तिहारको शुभकामना दिएका थिए ।
कार्यक्रम संचालन सुरेश ग्याबा तामाङले गरेका थिए भने कार्यक्रम संचालनको लागि प्रसाद तिमल्सिनाले पनि साथ दिएका थिए । नेपाल कुवेत सरोकार समाजको महासचिब तथा कार्यक्रम संयोजक दामोदर बटालाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए। तोकिएको समय भन्दा ढिला नै शुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाई पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए ।
नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइसअफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालले हलमा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । भ्वाईस अफ नेपालको कोच चर्चित गायक प्रमोद खरेल देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक खरेलको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पाए । अतिथि कलाकार प्रमोद खरेल र मेचु धिमाललाई मायाको चिनो सहित सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो ।