Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

द्वारिकलालले एमाले छाेडेर सही फैसला गरे : प्रचण्ड

द्वारिकलालले एमाले छाेडेर सही फैसला गरे : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७९ आइतवार • १३:२५:०६ बजे
  • 427
    SHARES
  • द्वारिकलालले एमाले छाेडेर सही फैसला गरे : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्नुले राष्ट्रिय अर्थ राख्ने बताएका छन् ।

    images

    आइतबार आफ्नै निवास खुमलटारमा चौधरीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ ।’

    चौधरीले माओवादीमा आउने सही फैसला लिएको समेत प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुहुन्छ ।

    क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ ।’ क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले राष्ट्रिय अर्थ राख्ने उनले बताए ।

    ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ’ प्रचण्डले भने, ‘चुनावको मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ ।

    तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’ नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology