Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीको बन्दसूचीबाट हट्यो कृष्ण महराको नाम

माओवादीको बन्दसूचीबाट हट्यो कृष्ण महराको नाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७९ सोमवार • १८:४८:१० बजे
  • 355
    SHARES
  • माओवादीको बन्दसूचीबाट हट्यो कृष्ण महराको नाम

    नेकपा (माओवादी केन्द्र)को समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ ।

    images

    माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताए ।

    ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि हितराज पाण्डेको नाम राखिएको गरिएको हो‚’ उनले भने ।

    पाण्डे भने गण्डकीका हुन् । खस÷आर्य पुरुषबाट उनको नाम पहिलो स्थान रहे पनि उनकै आग्रहमा उक्त सूचीबाट नाम हटाइएको ढकालले जनाए । प्रत्यक्षका लागि सिफारिस गरिए पनि उनी समानुपातिकतर्फ बसेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology