Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा बस दुर्घटनामा परी २० काे मृत्यु

भारतमा बस दुर्घटनामा परी २० काे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७९ बिहिवार • ०९:२९:५१ बजे
  • 892
    SHARES
  • भारतमा बस दुर्घटनामा परी २० काे मृत्यु

    भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

    images

    उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।

    मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २० ओटा शव घटनास्थलामा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ ।

    उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतमा बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology