Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रिस फेर्न ओलीले रावलको टिकट खोसे

रिस फेर्न ओलीले रावलको टिकट खोसे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १२:३१:३४ बजे
  • 307
    SHARES
  • रिस फेर्न ओलीले रावलको टिकट खोसे

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा आफूविरुद्ध अध्यक्ष पदको उम्मेदवार बनेका भीम रावलको टिकट खोसेका छन् ।

    images

    अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर ओलीले माओवादीबाट आएका झपड बोहरालाई टिकट दिएका छन् ।

    एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलको टिकट अध्यक्ष ओलीले खोसेपछि एमाले अछाममा विद्रोह हुने खतरा बढेको छ । एकल सिफारिसमा परेका नेता रावललाई टिकट नदिएपछि एमालेका क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।

    आफ्नो कमिटीले गरेको निर्णय केन्द्रले कार्यान्वयन नगरेको प्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । रावललाई टिकट नदिइए पछि अछाम–१ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरूले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    केन्द्रको निर्णयविरुद्ध आज दिउँसो १२ बजे रावलनिकट नेताहरूले अछाममा भेला बोलाएका छन् । उक्त भेलामार्फत सामूहिक राजीनामा दिने तयारी रहेको बुझिन्छ । एमाले एक हुँदा माधवकुमार नेपाल पक्षमा रहँदै आएका रावल पार्टी विभाजन हुने क्रममा १० बुँदे सहमति गर्दै एमालेमै बसेका हुन् ।

    एमालेमै रहेपछि चितवनमा सम्पन्न १०औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार बनेका थिए । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा त्यो समय रावल वाधक बनेका थिए । त्यसैको रिस फेर्न ओलीले रावलको टिकट खोसेको आरोप लाग्ने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रावलको टिकट खोसे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology