Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले सुनसरीमा विद्रोह, अशोक राईविरुद्ध मनोज उठ्ने

एमाले सुनसरीमा विद्रोह, अशोक राईविरुद्ध मनोज उठ्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १२:३३:३२ बजे
  • 352
    SHARES
  • एमाले सुनसरीमा विद्रोह, अशोक राईविरुद्ध मनोज उठ्ने

    नेकपा एमालेले सुनसरी १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने भएपछि कार्यकर्ताले विद्रोह गरेका छन् ।

    images

    एमालेको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने निर्णय गरेपछि एमाले कार्यकर्ता विद्रोहमा उत्रिएका हुन् ।

    सुनसरी १ एमालेको बलियो पकड क्षेत्र मानिन्छ । अध्यक्ष ओलीको निर्णयअनुसार सुनसरी १ मा जसपा नेता अशोक राई उठ्ने भएका छन् ।

    एमाले सुनसरीले १ नम्बर क्षेत्रका लागि निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियो । स्थानीय कमिटीको सिफारिसविपरीत जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेको छ ।

    आफ्नो बलियो पकड भएको क्षेत्रमा अर्कैलाई टिकट दिएपछि कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको बताउँदै उनले स्वतन्त्र उठ्न आफूमाथि दबाब परेको बताए ।

    उनले आजै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्ने बताए । स्थानीय कमिटीको सिफारिसमा परेर पनि टिकट खोसिएका राईले पनि जसपालाई सघाउने पार्टी केन्द्रको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।

    उनले पार्टीको निर्णयबारे धेरै नबोल्ने बताउँदै भने, ‘म पार्टी केन्द्रको निर्णय मान्छु तर यहाँ कार्यकर्ताको विद्रोह रोक्न सकिने अवस्था छैन ।’ एमाले चुनावी तालमेलपछि प्रदेश १ का मोरङ ५ र सुनसरी १ जसपालाई दिने निर्णय गरिसकेको छ ।

    त्यस्तै झापा ३ राप्रपालाई छाडेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology