Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

घनश्यामलाई रुपन्देही-१ बाट निर्वाचन लड्न माओवादीको प्रस्ताव,अष्टलक्ष्मी शाक्यद्वारा टिकट अस्वीकार

घनश्यामलाई रुपन्देही-१ बाट निर्वाचन लड्न माओवादीको प्रस्ताव,अष्टलक्ष्मी शाक्यद्वारा टिकट अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १६:३४:२३ बजे
  • 742
    SHARES
  • घनश्यामलाई रुपन्देही-१ बाट निर्वाचन लड्न माओवादीको प्रस्ताव,अष्टलक्ष्मी शाक्यद्वारा टिकट अस्वीकार

    नेकपा एमाले परित्या गरेका नेता घनश्याम भुसाललाई माओवादी केन्द्रले रुपन्देही- १ बाट निर्वाचन लड्न प्रस्ताव गरेको छ ।

    images

    एमाले अध्यक्ष केपी ओलीले रुपन्देही-३ मा राप्रपालाई सघाउने निर्णय गरेपछि घनश्यामले एमाले परित्याग गरेका हुन् ।

    माओवादीले गठबन्धनमा आफ्नो भागमा परेको सो क्षेत्रमा भुसाल निर्वाचन लड्न आए गठबन्धनले अर्को उम्मेद्वार नउठाउने भएको छ । तर भुसालले भने यस विषयमा कुनै निर्णय भने गरेका छैनन् ।

    एमालेले राप्रपासँग तीन सिटका लागि राप्रपासँग तालमेल गरेको छ । रुपन्देही-३ मा राप्रपा नेता दीपक बोहरालाई एमालेले सघाउने निर्णय गरेको छ । अघिल्लो निर्वाचनमा घनश्यामले बोहरलाई ५ हजारभन्दा बढी मतले हराएका थिए ।

    अष्टलक्ष्मी शाक्यद्वारा एमालेको टिकट अस्वीकार

    आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेका छन् ।


    एमालेबाट काठमाडौं-८ मा उम्मदेवार सिफारिस शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न आग्रह गरेका छन् । शनिबार टेलिफोनमार्फत शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न ओलीलाई भनेका हुन् ।

    शाक्यले भने- ‘ मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु, विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

     

    नयाँलाई अवसर दिनुपर्छ भनेर आफू यो निर्वाचनमा उठ्ने बताए । उनले भने, ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ? ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

    शाक्यले उठ्ने रहर नभएकाले जबर्जस्ती राखेर मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि उनले ओलीलाई अनुरोध गरे ।

    शाक्यले सुनाए– ‘उठ्दिनँ भन्नेलाई तपाईं उठ्न प्रेरित गर्ने र जित्ने सम्भावना भएकाहरूलाई १० बुँदेको नाममा फरक व्यवहार गर्ने कुरा ठीक भएन । यसले गलत सन्देश जान्छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्यहरूलाई समेट्न भनेँ ।’

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology