Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा

राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १६:४१:४१ बजे
  • 373
    SHARES
  • राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ खुश्बु ओलीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेकपा एमालेसँग तालमेलका कारण झापा क्षेत्र नम्बर ४ एमालेले पाएपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

    images

    एमाले र राप्रपाबीच भएको सहमति अनुसार झापा-३ अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमाले समर्थन गर्नेछ । त्यस्तै,अन्य दुई प्रदेश सभा सीट पाउनेछ । बाँकी चार प्रतिनिधि सभाका क्षेत्रमा राप्रपाले एमालेलाई सघाउनेछ ।

    खुश्बुले एउटा युवा महिलालाई रोक्न चलखेल भएको र हेपिएको भन्दै सूर्यमा भोट हाल्न नसक्ने दावी गरेका छन् । आफ्नो उम्मेदवारी झापा-४ मा कायमै रहेको र जनताको बीचमा आउन लागेको खुश्बुले घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘मेरो उम्मेदवारी यो देशको लागी हो । झापा क्षेत्र नः ४ को जन्ताको लागि हो ।

    म यो देशको शिक्षित र सवल युवा हो, म त्यहि युवाको आवज लिएर संसदमा उभिन चाहान्छु । एमालेको गठबंधनले खुस्बु ओलीलाई टिकट नदे भन्दा मेरो पार्टीले मलाई टिकट दिदैन भने हामी राप्रपा को की एमाले को कार्यकर्ता ?

    हामी अरु पार्टी छोडेर राप्रपामा आएको छौं, अन्याय, गुटबन्दीको बिरुद्ध तर मेरो पार्टीसंग हाम्रो लागि अडान लिन सक्ने क्षमता छैन रहेछ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology