Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभामुख सापकोटा उम्मेदवार नबन्ने

सभामुख सापकोटा उम्मेदवार नबन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १७:११:४८ बजे
  • 292
    SHARES
  • सभामुख सापकोटा उम्मेदवार नबन्ने

    सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गरेका छन् ।

    images

    सभामुख सापकोटाले कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

    युवाहरूलाई मौका दिन यसपटक आफू उम्मेदवार नहुने उनको भनाइ छ । लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको र युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको सापकोटाले बताए ।

    उनले भने, ‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ ।

    म फरक भूमिकाबाट काम गर्नेछु ।' उनले आफूले निकै बिचार गरेर युवालाई अगाडि बढाउन यो निर्णय गरेको बताए ।

    अब माओवादीले सिन्धुपाल्चोक १ मा सभामुख सापकाेटाकै भतिजा माधव सापकाेटा उम्मेदवार भन्ने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology