Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ००:३७:१२ बजे
  • 757
    SHARES
  • काठमाडौं क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी घोषणा

    काठमाडौं – विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् ।

    images

    काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन । आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको देवकोटाको भनाइ छ ।

    काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताउँछन् । ‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परीदेश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology