Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज

प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ०९:४२:२३ बजे
  • 280
    SHARES
  • प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।

    images

    निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। आयोगले शनिबार पत्रकार सम्मेलन गर्दै आवश्यक कागजात संलग्न गरि आज (आइतबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेको छ ।

    आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए ।

    स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए ।

    विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए । उनले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए ।

    उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्म बमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे।

    यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # उम्मेदवारी दर्ता आज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology