Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा

रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ०९:४७:१० बजे
  • 352
    SHARES
  • रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

    images

    टिकट नपाएपछि एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् ।

    आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए । उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् ।

    सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो । माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology