Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसबाट तनहुँमा शंकर र रामचन्द्र

कांग्रेसबाट तनहुँमा शंकर र रामचन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १०:१०:१० बजे
  • 412
    SHARES
  • कांग्रेसबाट तनहुँमा शंकर र रामचन्द्र

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।

    images

    शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।

    कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।

    कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology