Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डसँग गोर्खा हिँडेका बाबुरामले भने- सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ

प्रचण्डसँग गोर्खा हिँडेका बाबुरामले भने- सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:१८:१५ बजे
  • 511
    SHARES
  • प्रचण्डसँग गोर्खा हिँडेका बाबुरामले भने- सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारी दर्ता गर्न आज गोर्खा जाँदैछन् ।

    images

    गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेका प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा जाँदैछन् ।

    बाबुरामले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ मा प्रचण्डको उम्मेदवारी दर्ता गर्न उनी आइतबार प्रचण्डसँग गोरखा जान लागेका हुन् ।

    ‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो ।

    सबैको साथ र सहयोगको अपेक्षा !’ माओवादीले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो । उनी यसअघि चितवन–३ बाट निर्वाचित भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology