Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रुपन्देही-१ मा घनश्यामलाई माओवादीको समर्थन

रुपन्देही-१ मा घनश्यामलाई माओवादीको समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:२०:४१ बजे
  • 649
    SHARES
  • रुपन्देही-१ मा घनश्यामलाई माओवादीको समर्थन

    नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले प्रतिनिधिसभा निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिने भएका हुन् ।

    images

    आइतबार आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थनमा भुसालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

    स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए । नेता भुसालले चुनाव चिन्ह भने तय भइनसकेको बताए ।

    माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद दिए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । तर, आफू कुन दलमा जाने भन्नेबारे भने खुलाएनन् ।

    नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले उल्लेख गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology