Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौं-२ मा माओवादीबाट ओनसरी

काठमाडौं-२ मा माओवादीबाट ओनसरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:२२:३५ बजे
  • 367
    SHARES
  • काठमाडौं-२ मा माओवादीबाट ओनसरी

    नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर २ मा पूर्वसभामुख ओनसरी घर्ती मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

    images

    मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि सत्ता गठवन्धनको सिट भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो ।

    काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ । निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका आज हुँदैछ ।

    निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि ५ बजे सम्मको समय तोकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology