Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

हिन्दुवादी कमल थापालाई जिताउने जिम्मा एमालेले लियो

हिन्दुवादी कमल थापालाई जिताउने जिम्मा एमालेले लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:३२:३७ बजे
  • 376
    SHARES
  • हिन्दुवादी कमल थापालाई जिताउने जिम्मा एमालेले लियो

    हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई जिताउने जिम्मेवारी नेकपा एमालेले लिएको छ ।

    images

    राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच थापालाई जिताउने सहमति भएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा थापा मकवानपुर–१ बाट चुनाव लड्दैछन् ।

    ओलीले निर्वाचन जिताउने जिम्मा लिएपछि खुसी हुँदै थापाले फेसबुकमा लेखेका छन्– ‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छु ।

    सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद।’ नेकपा एमालेले राजावादी दल राप्रपासँग पनि चुनावी तालमेल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # हिन्दुवादी कमल थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology