Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले त्यागेका योगेन्द्र शाहीलाई माओवादीले दैलेखमा टिकट दिने

एमाले त्यागेका योगेन्द्र शाहीलाई माओवादीले दैलेखमा टिकट दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:३८:२७ बजे
  • 283
    SHARES
  • एमाले त्यागेका योगेन्द्र शाहीलाई माओवादीले दैलेखमा टिकट दिने

    नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई नेकपा (माओवादी केन्द्र)ले दैलेखमा टिकट दिने भएको छ । शनिबार बेलुका एमाले त्यागेका शाहीलाई माओवादीले दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभामा चुनाव लडाउने भएको हो ।

    images

    काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग शाहीको छलफल चलिरहेको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । माओवादीबाट सिफारिसमा परेका उपेन्द्रकुमार रावत ‘सुशील’ लाई ब्याक गराउने गरि माओवादी नेताहरु छलफलमा छन् ।

    ‘क्षेत्र नं.–२ (ख) मा माओवादीको जनमत खासै राम्रो छैन् । तर भागबण्डा गर्दा त्यही प¥यो । त्यसैले त्यो क्षेत्रबाट योगेन्द्र जीलाई उठाउन लागिएको हो’ ती केन्द्रीय सदस्यले भने । रावतले आफैं उम्मेदवार बन्ने र गठबन्धनबाट पनि सो क्षेत्र माओवादीले नै पाएकोले चुनाव प्रचार–प्रसारको तयारी गरिसकेका थिए ।

    माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले पनि शाहीलाई नै उम्मेदवार बनाउने बारे छलफल चलिरहेको बताए । ‘छलफल चलिरहेको छ । सबै साथीहरुको राय, सुझावले लिने काम भै रहेको छ ।

    अन्तिम निर्णय त केन्द्रबाटै आउला’ प्रदेशका इञ्चार्ज मल्लले भने । नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव तथा एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले शानिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् ।

    दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि एमालेबाट सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग गरेको र आफूले पनि टिकट नपाएको झोँकमा शाहीले पार्टी छाडेको एमाले नेताहरु बताउँछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology