Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कमल थापालाई टिकट दिएको भन्दै एमाले कार्यकर्ताले गरे पार्टी कार्यालयमा तालाबन्दी

कमल थापालाई टिकट दिएको भन्दै एमाले कार्यकर्ताले गरे पार्टी कार्यालयमा तालाबन्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ११:४९:४४ बजे
  • 385
    SHARES
  • कमल थापालाई टिकट दिएको भन्दै एमाले कार्यकर्ताले गरे पार्टी कार्यालयमा तालाबन्दी

    कमल थापालाई टिकट दिएको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला बन्दी गरिएको छ ।

    images

    एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले आइतबार बिहानबाट पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् । हेटौंडा–५ पुष्पलाल पार्क नजिक एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका छन् ।

    पार्टी केन्द्रको कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको कार्यकर्ताको गुनासो छ ।

    मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology