Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीले पाएका काठमाडौंका ३ वटै सीटमा महिला

माओवादीले पाएका काठमाडौंका ३ वटै सीटमा महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १२:५८:०८ बजे
  • 406
    SHARES
  • माओवादीले पाएका काठमाडौंका ३ वटै सीटमा महिला

    नेकपा माओवादी केन्द्रले काठमाडौंमा पाएका ३ वटै क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । काठमाडौं-२ मा पूर्व सभामुख ओनसरी घर्ति, ७ मा मानुषी यमी भट्टराई तथा ९ मा कल्पना धमलालाई टिकट दिएको हो ।

    images

    यसअघि माधव नेपाल निर्वाचित काठमाडौं-२ माओवादीको भागमा परेपछि घर्ती उम्मेदवार बनेकी हुन् । यहाँ एमालेबाट मणिराम फुयाँलले उम्मेदवारी दिँदै छन् ।

    २०६४ मा धादिङबाट निर्वाचित धमला यसपटक काठमाडौं-९ बाट लड्न लागेकी हुन् । यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् ।

    श्रेष्ठ यसअघि ९ नं क्षेत्रबाटै निर्वाचित भएका थिए । मानुषीले पाएको काडमाडौं-७ मा एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

    यहाँबाट २०७४ सालमा एमालेका रामविर मानन्धर निर्वाचित भएका थिए । ३ जनै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology