Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १३:०२:५४ बजे
  • 409
    SHARES
  • बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् ।

    images

    चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे ।

    ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं-१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले नेताले भने, ‘बाहिरका मान्छेलाई टिकट दिने भनेपछि विरोध हुने नै भयो ।’

    स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफलमा छन् ।

    यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology