Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो

सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १४:२७:२४ बजे
  • 454
    SHARES
  • सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो

    सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी सुन ९५ हजार ५ सय र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको महासंघले जनाएको छ ।

    दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो ।

    त्यसैको समायोजन गर्दा मूल्य बढेको महासंघले जनाएको छ । दशैं बिदा सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology