Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोरखा आउँदा गर्व महसुस गरेको छु : प्रचण्ड

गोरखा आउँदा गर्व महसुस गरेको छु : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १७:२९:२४ बजे
  • 403
    SHARES
  • गोरखा आउँदा गर्व महसुस गरेको छु : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखाबाट निर्वाचन लड्दा गर्व महसु गरेको गरको बताएका छन् ।

    images

    गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गोरखा आफ्नो लागि परिचित भएका बताए । उनले भने, ‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन, परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’

    प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा. बाबुराम भट्टराईले निर्वाचन जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए ।

    उनले भने, ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ, मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए । उनले धेरै ठाउँबाट निर्वाचन लडेर रेकर्ड बनाएको समेत बताए ।

    उनले भने, ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेस–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ ।

    गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology