Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अछाममा ओलीविरुद्ध प्रदर्शन ,केपी ओली ओलीविरुद्ध मुर्दावाद नारावाजी

अछाममा ओलीविरुद्ध प्रदर्शन ,केपी ओली ओलीविरुद्ध मुर्दावाद नारावाजी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १७:३३:३४ बजे
  • 364
    SHARES
  • अछाममा ओलीविरुद्ध प्रदर्शन ,केपी ओली ओलीविरुद्ध मुर्दावाद नारावाजी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अछाम–१ मा भीम रावलको टिकट खोसेर झपट रावललाई टिकट दिएका छन् ।

    images

    ओलीबाट टिकट पाएका झपट रावल आइतबार दलबलसहित मनोनय दर्ता गर्न पुगेका थिए । त्यस क्रममा ओलीविरुद्ध नारावाजी भयो । भीम रावल समर्थकले ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नारा लगाएका छन् ।

    नारा लगाउँदै हिँडेका कार्यकर्ताले कालो झण्डा समेत प्रदर्शन गरेका छन् । नेता भीम रावलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ बाट एकल सिफारिस भएको थियो ।

    जिल्ला र प्रदेशबाट एकल सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलको टिकट खोसेर माओवादीबाट आएका झपट रावललाई टिकट दिए । त्यसपछि एमाले अछाममा तनाव छ ।

    अध्यक्ष ओलीले टिकट खोसेपछि भीम रावल समर्थक ४० जनाभन्दा धेरैले पार्टीबाट राजीनामा दिइसकेका छन् । आन्तरिक किचलोका कारण अछाममा एमाले नराम्ररी पराजित हुने खतरा बढेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology