Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रामवीरको ‘बागी उम्मेदवारी’ले मानुषीलाई सहज

रामवीरको ‘बागी उम्मेदवारी’ले मानुषीलाई सहज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १७:३६:५५ बजे
  • 247
    SHARES
  • रामवीरको ‘बागी उम्मेदवारी’ले मानुषीलाई सहज

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोपोलिविद्धरु निरन्तर बोल्दै आएका नेकपा एमालेका नेता रामवीर मानन्धरले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएनन् ।

    images

    आफ्नो आलोचना गर्दै आएका नेताहरूविरुद्ध ओलीले एक–एक गर्दै प्रहार गर्दा भीम रावल, धनश्याम भुसालहरुकै लाइनमा रामवीर पनि परेका हुन् ।

    आफ्नो आलोचना गरेकै कारण ओलीले निरन्तर काठमाडौं–७ बाट निर्वाचन जित्दै आएका रामवीरको टिकट खोसे । तर, रामवीर ‘बागी’को रुपमा एक्लै चुनावी मैदानमा उत्रेका छन् ।

     

    आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि रामवीरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको प्रतिकृया दिएका छन् ।

    काठमाडौं–७ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र श्रेष्ठलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाले काठमाडौं–७ पाएको छ ।

    यत्ता, सत्तारुढ गठबन्धनले भने नेपाल समाजवादी पार्टी नेपालका नेता मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । मानुषी गठबन्धनका उम्मेदवार हुन् ।

    के होला परिणाम ?
    काठमाडौ–७ जसपाका लागि राम्रो ठाउँ मानिन्न । तर, पनि तालमेलका क्रममा राजेन्द्रलाई व्यवस्थापन गर्न जसपाले एमालेसँग काठमाडौं–७ मागेको हो ।

    यो क्षेत्र एमालेको धेरै राम्रो क्षेत्र मानिन्छ । जनतासँग निरन्तर सम्बन्धमा रहेर काम गरेका एमाले नेता हुन्, रामवीर । तर, यसपटक रामवीर ‘बागी’ उम्मेदवार बनेका छन् ।

    रामवीरको उपस्थितिमा एमालेको भोट जसपालाई नजाने सम्भावना रहन्छ । रामवीरको उम्मेदवारीले एमालेकै भोट काटिने सम्भावना रहन्छ । यस्तो अवस्थामा राजेन्द्रलाई जित्न निक्कै मुस्किल देखिन्छ ।

    रामवीरले एमालेको भोट काट्दा राजेन्द्र निर्वाचित नहुने सम्भावना रहन्छ भने गठबन्धनका उम्मेदवार मानुषी विजयी हुने सम्भावना रहेको विश्लेषण हुन थालेको हो ।

    रामवीरले उम्मेदवारी फिर्ता लेलान् ?
    रामवीरको गतिविधि हेर्दा पार्टीले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि पछि हट्ने अवस्था देखिन्न ।

    स्थानीय तह निर्वाचनमा पनि रामवीर पार्टीको निर्णयविरुद्ध लागेका थिए । पार्टीका उम्मेदवार केशव स्थापित विरुद्ध लागेका रामवीर पार्टीले कारवाही नै गरे पनि पछि हट्ने अवस्था देखिन्न ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology