Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीले आफूखुशी टिकट बाँडेपछि एमाले छाड्नेको लर्को

ओलीले आफूखुशी टिकट बाँडेपछि एमाले छाड्नेको लर्को

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १०:०२:२२ बजे
  • 481
    SHARES
  • ओलीले आफूखुशी टिकट बाँडेपछि एमाले छाड्नेको लर्को

    अध्यक्ष केपी शर्मा ओली आफूखुशी टिकट बाँडेपछि एमाले मोरङमा विद्रोह भएको छ ।

    images

    आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको टिकट वितरण असन्तुष्ट जनाउँदै धमाधम एमाले पार्टी छाडेको घोषणा गरिरहका छन् ।

    मोरङमा १०बुँदे पक्षधरलाई टिकट दिएको भन्दै अध्यक्ष ओली समूहकै विश्वास पात्रहरूले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित चार प्रदेश कमिटी सदस्य तथा अर्का जिल्ला कमिटी सदस्यले पनि पार्टी छाडेको घोषणा गरेका छन् ।

    बस्नेतसहित प्रदेश कमिटी सदस्यहरू प्रतापकुमार थापा, मधु गुरूङ, राजकुमार बस्नेत र जिल्ला सचिवालय सदस्य गीता सिवाले पनि पार्टी परित्याग गरेका छन् ।

    क्षेत्र नम्बर ३ ‘१’ मा दीलिपकुमार राई र ३ ‘२’ मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका थिए । ३ ‘१’ मा पथरीका रामकुमार बस्नेत दाबेदार थिए भने ३ ‘२’ मा डाँगीहाटका राजकुमार बस्नेत दाबेदार थिए ।

    अपमानित भएर पार्टीमा बस्नुभन्दा विद्रोह गर्नु उपयुक्त देखेकोले पार्टी छाडेको उनीहरूले बताएका छन् ।उनीहरूले अन्य कार्यकतालाई पनि विद्रोहमा सामेल हुन अपिलसमेत गरेका छन् ।

    यस्तै, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारी र अर्का नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् ।

    एमालेबाट क्षेत्र नं ५ मा एकल उम्मेदवार सिफारिस भए पनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले छाड्नेको लर्को
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology