Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भेनेजुएलामा पहिरोले पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

भेनेजुएलामा पहिरोले पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १०:३३:३० बजे
  • 409
    SHARES
  • भेनेजुएलामा पहिरोले पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

    एजेन्सी । मध्य भेनेजुएलामा गएको पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

    images

    देशमा भारी वर्षापछि नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

    हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौं ।

    त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने । बाढील दर्जनौ घर तथा व्यवसाय ध्वस्त भएका छन भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ ।

    करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology