Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इन्धन आयात घट्याे

इन्धन आयात घट्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७९ मंगलवार • ११:२३:४१ बजे
  • 439
    SHARES
  • इन्धन आयात घट्याे

    देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट इन्धन आयातमा कमी आएको छ । वीरगन्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।

    images

    गत आर्थिक वर्षको साउन र भदौमा वीरगन्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ अर्ब २० करोड ७३ लाखको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको हो । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनले बताए ।

    गत आवको पहिलो २ महिनामा वीरगन्जबाट १० अर्ब १३ करोड मूल्यको १ लाख ४८ हजार ४ सय ६० किलोलिटर डिजेल, ४ अर्ब ६३ करोड मूल्यको ६२ हजार ७ सय ३२ किलोलिटर पेट्रोल भित्रिएको छ ।

    यसैगरी १ अर्ब ९८ लाख रुपैयाँको १५ हजार ३ सय ६४ किलोलिटर हवाई इन्धन, ७ करोड ७४ लाख मूल्यको ९ सय ८० किलोलिटर मट्टितेल र ४ अर्ब १९ करोड मूल्यको ४३ हजार ६सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आएको छ ।

    चालू आवको सोही अवधिमा १३ अर्ब ९५ करोड मूल्यको १ लाख ७ हजार किलोलिटर डिजेल, ७ अर्ब ५३ लाख मूल्यको ६२ हजार किलोलिटर पेट्रोल, २ अर्ब ४२ करोड मूल्यको १८ हजार ९ सय किलोलिटर हवाई इन्धन, १२ करोड १५ लाख मूल्यको ८ सय ८० किलोलिटर मट्टितेल र ५ अर्ब ७४ मूल्यको ४२ हजार ५ सय मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

    इन्धनको आयात घटे पनि त्यसबाट संकलन हुने राजस्व भने २ प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा ९ अर्ब ६६ करोड ९६ लाख राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा ९ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ ।

  • सम्बन्धित विषय:

  • # इन्धन आयात घट्याे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology