Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • १०:५९:५३ बजे
  • 556
    SHARES
  • रेशम चौधरीको उम्मेदवारी खारेज

    नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

    images

    कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।

    चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली-१ मा निर्वाचित भएका थिए । उनको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ ।

    यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको थियो।

  • सम्बन्धित विषय:

  • # रेशम चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology