Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फ्लोरिडामा आँधी : १०२ जनाकाे मृत्यु

फ्लोरिडामा आँधी : १०२ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • ११:०५:५५ बजे
  • 469
    SHARES
  • फ्लोरिडामा आँधी : १०२ जनाकाे मृत्यु

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ ।

    images

    इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो । यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो ।

    आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ । उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ ।

    अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुननिर्माणका लागि महिनौं लाग्ने अपेक्षा गरिएको छ । गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले इयान तुफानबाट भएको विनाशको आँकलन गर्न फ्लोरिडाका गभर्नर रोन डेसेन्टिससँग भेट गरेका थिए । सन् २००५ मा क्याट्रिना तूफानले अमेरिकाको खाडी तटमा विनाश ल्याएको थियो ।

    आँधीका कारण करिब १४ सय मानिसहरूको मृत्यु हुनुका साथै अर्बौं डलरको क्षति भएको थियो । त्यस्तै सन् २०१२ मा आएको आँधीमा २३३ जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # फ्लोरिडामा आँधी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology