Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चितवन–३ मा एमाले ब्याक, कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने

चितवन–३ मा एमाले ब्याक, कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • १६:५१:०९ बजे
  • 373
    SHARES
  • चितवन–३ मा एमाले ब्याक, कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने

    चितवन क्षेत्र नम्वर तीनमा नेकपा एमालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राम प्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएको छ ।

    images

    नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने गरि नेकपा एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएको हो ।

    एमाले नेता न्यौपानेको उम्मेदवारी फिर्तासँगै कोइरालाले एमाले मात्र नभई अन्य पार्टीका नेता र स्वतन्त्र उम्मेदवारहरुले पनि समर्थन गर्ने दावी गरेका छन् ।

    कोइरालाले अन्य दलका नेता, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पनि समर्थन मिल्नेमा ढुक्क रहेको बताएका छन् । कोइराल यसअघिको निर्वाचनमा चितवन क्षेत्र नं.३ (क)बाट पराजित भएका थिए ।

    उनी त्यसअघिको स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवारी दिएर पनि पछि फिर्ता गर्नुपरेको थियो ।

    चितवन तीनमा अब कोइरालासँगै गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका डाक्टर भोजराज अधिकारी, राप्रापाका उपाध्यक्ष बिक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल बिच रोचक प्रतिस्प्रधा हुने देखिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology