Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने

सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १३:०९:०१ बजे
  • 379
    SHARES
  • सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने

    निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मत सर्वेक्षण र परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट पारेको हो ।

    images

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।

    यो सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो कार्य आचारसंहिता, २०७९ को दफा ४ (त) विपरित भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए । निर्वाचन आचार संहिताविपरित कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुनेसमेत उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology