Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमालिया कारबाहीमा ५० जना लडाकु मारिए

सोमालिया कारबाहीमा ५० जना लडाकु मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १३:२८:३६ बजे
  • 412
    SHARES
  • सोमालिया कारबाहीमा ५० जना लडाकु मारिए

    एजेन्सी । सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाका मारिएका छन् । सोमालियाको आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन् ।

    images

    मध्य सोमालियाको यासुमा गाउँमा सो आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ । सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिनुभएको हो ।

    उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकाको ज्यान गएको छ । त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’

    सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ । सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो ।

    सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महियना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # ५० जना लडाकु मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology